Spread the love

बुटवल, ६ साउन ।
प्रतिनिधि सभाका सदस्यहरुलाई अहिले सुझाव संकलन गर्न आफनो निर्वाचन क्षेत्रमा भ्याईनभ्याई छ । रुपन्देही क्षेत्र नं २ का निर्वाचित प्रतिनिधि सभा सदस्य सुलभ खरेल अहिले सैनामैना र रुपन्देहीका वडास्तरमा सुझाव संकलन र भेटघाटमा ब्यस्त छन । बुधबार बुटवल उपमहानगरपालिका वडा नं ३ का टोलबासीसंग भेटघाट गरेका छन ।

बुटवल वडा नं. ३ मा गरिएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य खरेलले सरकार सुसासनलाई जोड दिएर अघि बढेको दाबी गरे । ‘सरकार गठन भएको १ सय दिनमात्र भएको छ । यो अवधिमा सरकारको कुनै गलत नियत नराखी काम गरिरहेको छ ।’– उनले भने । कर्मचारीतन्त्र र न्यायिक क्षेत्रको भष्ट्राचार रोक्न सरकार सफल भए नभएको एकिन भन्न नसके पनि राजनीतिक भष्ट्राचार शून्य भएको उनले दाबी गरे । ‘राजनीतिक रुपमा हुने भष्ट्राचार शुन्य भएको छ ।’–उनले भने । सरकारले अब्यवस्थित बसोबासी र सुकुम्बासीको विषयमा समेत राजनीति भन्दा बाहिर राखेर जिल्ला प्रमुख अधिकारीमार्फत योजनाबद्ध रुपमा काम अघि बढाएको उनले बताए ।

सहकारी पिडितको पक्षमा चक्रिय कोष स्थापना गरेर काम गरिरहेको भन्दै उनले यसमार्फत पिडितहरुलाई डिपोजित फिर्ता गर्ने काम भैरहेको बताए । ‘२ हजार जनाले पैसा फिर्ता लगेका छन ।’– उनले भने । सहकारी क्षेत्रमा भैरहेको कामबाट आफुहरु सन्तुष्ट भने नरहेको उनले दुखेसो गरे । विकास निमार्णमा हुने ढिलासुस्ती र लापरवाही अन्त्य गर्न सार्वजनिक खरिद ऐनको संशोधन गरिएको उनले बताए । न्यूनतम ३० प्रतिशतभन्दा तल मूल्याकन गर्न नदिने ब्यवस्था गरिएको छ । आफुले संघिय सरकारमार्फत आफना बाचाहरु पुरा गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका वडा नं. ३ का अध्यक्ष विष्णु ढकालले पछिल्लोसमय छोटो अवधिमा संघमार्फत वडामा काम गर्न सफल भएको दाबी गरे । वडाका १३ वटा टोल संस्थाका पदाधिकारीहरुले वडामा रहेको पहिरो, तिनाउ तटबन्धन, अब्यवस्थित बसोबासी, पर्यटकिय स्थलको विकास, वृद्ध भत्ता वृद्धि लगायत विषयमा संघ सरकारबाट आवश्यक पहल गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा वडा सचिव अशोक पाण्डे, वडासदस्य पवित्रा श्रेष्ठ, सचिवालयका बाबुराम अर्यालले बुटवल देशकै गौरब बोकेको शहर भएको भन्दै यसको विकासमा सबै एकजुट हुनुपर्ने बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्