Spread the love

बुटवल, ६ साउन ।
रुपन्देही प्रहरीले अवैध हातहतियार तथा खरखजना सम्बन्धी अभियोगमा एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । विशेष सूचनाका आधारमा प्रहरीले साउन ५ गते बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका मकवानपुरको बागमती गाउँपालिका–९ निवासी २६ वर्षीय रेशम तुङसिङ मगरलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले उनको खानतलासी गर्दा साथबाट रिभल्वरमा प्रयोग हुने एक राउन्ड गोली फेला परेको थियो । त्यसपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा मगरले आफ्नै स्थायी ठेगानाबाट एक थान रिभल्वर र थप पाँच राउन्ड गोली बरामद गराइदिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बरामद हातहतियार र गोलीसहित पक्राउ परेका मगरविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा रुपन्देही जिल्ला अदालतबाट साउन ६ गते पाँच दिनको म्याद थप अनुमति प्राप्त भइसकेको छ भने हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा सम्भावित संलग्नताबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्