काठमाडौं । बैकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैंकको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र दीपक भट्ट समेत प्रतिवादी रहेको बैकिङ कसुर मुद्दामा वारदात मितिदेखि फरार रहेका काठमाडौं महानगरपालिका–४ स्थायी ठेगाना भएका शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । प्रहरीले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइएको पनि जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1



















