Spread the love

बुटवल,३२ असार

रुपन्देहीको ओमसतिया गाउँपालिकामा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालकको मृत्यु भएको छ ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका ३ बस्ने ३० वर्षीय सहचालक सन्दीप बरालको उपचारका क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सात जना घाईते भएको र घाईतेहरुको उपचार भईरहेको प्रहरीले बताएको छ ।प्रहरीले दुर्घटनापछि फरार भएका चालक तिलोत्तमा नगरपालिका ६ गणेशपुर बस्ने ४६ वर्षीय छबिलाल थापालाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्