बुटवल ।
लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो वार्षिक साधारणसभा तथा प्रथम कार्यसमिति बैठक सम्पन्न गरेको छ । सोहि अवसरमा नव निर्वाचित डिष्ट्रिक्ट गभर्नर्स टिमलाई सम्मान तथा क्लबको बार्षिक डायरी विमोचन गरेको छ ।
क्लबका अध्यक्ष दिनेश प्रधानको अध्यक्षतामा भएको साधारणसभा तथा कार्य समिति बैठकले क्लबको बाािर्षक कार्यक्रम, विभिन्न मनोनयन तथा विभिन्न विषयहरुमा छलफल गरेको क्वलकका सेक्रेटर रामप्रसाद गैरेले बताए । साधारणसभा तथा बैठकमा बर्ष २०२६/२७ का लागि कार्यक्रम संयोजक, सल्लाहाकार मनोनयन, बुटवल लायन्स आखा अस्पताल व्यवस्थापन समिति सदस्य मनोनयन तथा प्रस्तावित वार्षिक कार्ययोजना र प्रस्तावित वजेटका बारेमा छलफल गरि आवश्यक निर्णय गरिएको सचिव गैरेले जानकारी दिए ।
नव निर्वाचित डिष्ट्रिक्ट गभर्नर्स टिमलाई सम्मान तथा क्लबको बार्षिक डायरी विमोचन कार्यक्रमको एक समारोहका बीच लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पि नेपालको वर्ष २०२६/२७ का डिष्ट्रिक गर्भनर पिएमजेएफ लायन सन्दीप कशौधनले सुभारम्भ गरे । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि कसौधनले सामाजिक सेवामा लायन्सले गर्दै आएको कामलाई अझ व्यवस्थित र जनताका वीचमा पुग्ने गरि आफ्ना गतिविधिहरु गर्न आग्रह गरे ।
उनले लायन्सले समाजमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गरेको कुरालाई सबैले थाहा पाउने गरि जनतालाई बुझाउनु जरुरी भएको उल्लेख गर्दै लायन्स क्लब सामुहिक भावनामा विश्वास गर्ने संस्था भएको हुदा त्यसमा खरो उत्रनु पर्ने कुरा जोड दिए । कार्यक्रममा क्लकका अध्यक्ष एमजेएफ लायन दिने प्रधानले क्लबको विगतको गौरवपूर्ण इतिहासलाई अझ चम्किलो बनाउने लक्ष्य आफ्नो टिमले लिएको बताउदै त्यसका लागी सबैलाई सामुहिक भावनाले काम गर्न अनुरोध गरे । उनले क्लबले प्रस्ताव गरेका कार्यक्रमलाई सफल बनाउनु सबै सदस्यहरुको जिम्मेवारी भएको स्मरण गराउदै काम गर्ने नँया कार्यक्रमको खोजी गरिने प्रतिवद्धता जनाएका थिए ।
सो अवसरमा क्लबकातर्फबाट अध्यक्ष दिनेश प्रधान र डिष्ट्रि चिफ एडभाइजर जिवनप्रसाद वझाले डिष्ट्रिक गर्भनर सन्दिप कसौधन, पिडीजी अर्जुनमान शैजु, आइपिडिजी बालाराम भट्टराई, प्रथम भिडीजी मिना पन्थी, द्वितिय भिडिजी अचित श्रेष्ठ, पिडीजी पुरुषोत्तमभक्त प्राधानाङ्ग, पिएमसीसी सुनिल ओझा, पिडीजी महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक डे«जर सुरेन्द्र घिमिरे, एरिया चिफ–४ दिपकप्रसाद गौतम, एरिया को–चिफ कमला ज्ञवाली, एरिया सेक्रेटरी लोकप्रसाद भण्डारी, एरिया ट्रेजर आरती खनाल, रिजनल चियरपर्सन नारायण तिवारी, जोन चेयरपर्सन प्रविन्द्र गोविन्द श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
क्लबका सचिव रामप्रसाद गैरे(विष्णु) को सञ्चालनमा भएको कार्यक्रममा पास्ट प्रोसिडेण्ट निर्मलप्रसाद लाकौल, प्रमुख सल्लाहाकार राजेन्द्र प्रसाद ओझा लगायत बोलेका थिए ।





















