काठमाडौं १७ असार ।
नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेर चार हजार दुई सय ७० रूपैयाँमा किनबेच भइरहेको महासघंंले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





















