Spread the love

बुटवल, ११ असार ।

वरिष्ठ गायक दीपक थापा मगरको उपचार सहयोगार्थ सञ्चालन गरिएको बचाउ अभियानमा ६ लाख ३८ हजार २ सय रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । मगर युथ एशोसिसयन युके परिवारद्धारा संकलित उक्त रकम बुधबार गायक दीपक थापा मगर र उहाँकी धर्मपत्नीलाई काठमाण्डौमा हस्तान्तरण गरिएको हो ।

फुटबलर डोना थापाको अगुवाईमा शुरु भएको यो अभियानमा विश्वभरबाट सहयोग जुटिरहेको छ । नेपाली संगीत क्षेत्रमा ‘विदेश जाने मायालु तिमीलाई’ लगायतका चर्चित तथा कालजयी गीतमार्फत लाखौँ श्रोताको मन जित्न सफल गायक थापा मगर हाल स्वास्थ्य समस्यासँग संघर्षरत छन् ।

उनको उपचारमा थोरै भएपनि सहयोग जुटाउन पाउदा धेरै हर्षित भएकोे परिवारका अध्यक्ष दिपक थापा मगरले बताए । स्वदेश तथा विदेशमा रहेका नेपाली समुदायबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्