Spread the love

बुटवल,१० असार । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बुधबार नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट सार्वजनिक गरेकी हुन् ।

प्रस्तावित बजेटअनुसार कुल खर्चमध्ये ५२ प्रतिशत चालु तथा ४८ प्रतिशत पूँजीगततर्फ विनियोजन गरिएको छ। यस्तै, सामाजिक विकास क्षेत्रमा २८ प्रतिशत र आर्थिक विकास क्षेत्रमा १२ प्रतिशत बजेट छुट्याइएको छ । उपमहानगरले संघीय सरकारबाट समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान गरी ठूलो रकम प्राप्त हुने अनुमान गरेको छ ।

प्रदेश सरकारबाट पनि विभिन्न शीर्षकमा अनुदान प्राप्त हुने प्रक्षेपण गरिएको छ । राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट १९ करोड ४३ लाख ८६ हजार रुपैयाँ तथा प्रदेश सरकारबाट २ करोड ७५ लाख ६१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, आन्तरिक स्रोतबाट १ अर्ब ५० करोड ३८ लाख ५९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय राजस्व बाँडफाँड, विज्ञापन, मनोरञ्जन कर तथा अन्य स्रोतबाट थप आम्दानी हुने अपेक्षा गरिएको छ। गत आर्थिक वर्षको बचत रकमसमेत समावेश गरी आगामी आर्थिक वर्षका लागि आवश्यक स्रोत व्यवस्थापन गरिएको उपमहानगरले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्