Spread the love

बुटवल, ५ असार ।

लायन्स क्लब अफ तिलोत्तमा र लायन्स क्लब अफ मायादेवीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । क्लबको वार्षिक कार्ययोजना अनुसार सामाजिक उत्तरदायित्वव अन्तरगत रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बतााए । अहिले रक्त अभावको बेला कार्यक्रमबाट थोरै भएपनि बिरामीहरुलाई सहयोग गर्न सफल भएको उनले बताए ।

कार्यक्रममा लायन्स क्लब अफ मायादेवीका अध्यक्ष सीता श्रेष्ठ, सह–संयोजक शान्ता श्रेष्ठले संकलित रगत बिरामीहरूको उपचारमा उपयोग हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताए ।
सम्पन्न रक्तदान कार्यक्रममा २० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक लक्ष्मणप्रसाद श्रेष्ठले बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्