Spread the love

काठमाडौं,२० जेठ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल पराजित भएको छ । भारतको गोवास्थित जवाहरलालनेहरू रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको हो ।

नेपालले खेलको २३ औँ मिनेटमा अग्रता लिएको थियो । दीपा शाहीको कर्नरबाट सिर्जना भएको अवसरमा गीता रानाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशकी रितु पोर्ना चक्माले कर्नर प्रहारमार्फत सिधै गोल गर्दै खेल १–१ को बराबरीमा ल्याइन् ।

नेपालका लागि ३४औँ मिनेटमा रश्मीकुमारी घिसिङको हेडरलाई बंगलादेशकी गोलरक्षक मिली अख्तरले नियन्त्रणमा लिएकी थिइन् भने ३६ औँ मिनेटमा प्रीति राईको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।खेलको इन्जुरी समयमा सागोरिकाले शामसुन्नाहरको क्रसलाई सदुपयोग गर्दै निर्णायक गोल गरेपछि बंगलादेशले २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्