Spread the love

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शेल कम्पनी तथा कृत्रिम व्यवसाय खडा गरी पटक–पटक कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समिति अध्यक्ष ओम प्रसाद पाण्डेलाई पक्राउ गरेको जनाएको छ । सीआईबीले जारी प्रेस विज्ञप्तिअनुसार पाण्डेमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान अघि बढाइएको हो ।

प्रहरीका अनुसार पाण्डेले ‘ईन्टिच्युट अफ एग्रीकल्चर फोरेष्ट एण्ड भेटेरिनरी साइृन्स प्रालि’ नामक संस्थामार्फत शेल कम्पनी तथा कृत्रिम व्यवसाय खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा खेतीको अवास्तविक विवरण तयार पारेर विभिन्न वित्तीय संस्थाबाट कर्जा लिएको आरोप छ । उक्त कर्जा पटक–पटक दुरुपयोग गरिएको अनुसन्धानमा खुलेको सीआईबीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–२ रातोपुल बस्ने पाण्डेलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति प्राप्त भएपछि २०८३ जेठ २० गते काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित जानकी मेडिकल कलेजको प्राङ्गणबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले उल्लेख गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्