काठमाडौं,८ जेठ । आजदेखि काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुदैछ । आज नेपालले आफ्नो पहिलो खेल साविक विजेता भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा रहेका छन् । च्याम्पियनसिपमा घरेलु टोली नेपाल सहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन् । नेपाल र भारतबीचको खेल दशरथ रंगशाला कभर्डहलमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















