काठमाडौं,८ जेठ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर ईदको (ईद–उल–अजहा) अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबार बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृहका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा ‘मुस्लिम आयोगबाट मिति २०८३ जेठ १४ गते बिहीबारका दिन बकर ईद परेकोले सो दिन सार्वजनिक बिदा हुने जनाएको छ । गृहले बकर ईदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुभकामना समेत दिएको छ।
बिहिबार परेको बकर ईदमा सार्वजनिक बिदा भएसँगै अर्को साता लगातार चार दिन सार्वजनिक बिदा पर्ने भएको छ । जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा हुँदै आएको छ भने त्यसको भोलिपल्ट जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार सार्वजनिक बिदा परेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















