काठमाडौ,५ जेठ । श्रम संस्कृति पार्टीका सांसद्ले प्रतिनिधिसभाको बैठकमा आज पर्चा देखाएर विरोध गरेका छन् । बैठक सुरु भएलगत्तै हर्क साम्पाङ सहितका सांसदले प्लेकार्ड देखाएर विरोध गरेका हुन् ।
प्रधानमन्त्री बालेन शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै श्रम संस्कृति पार्टीले विरोध गरिरहेको छ । सभामुखले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बसेका थिए । यसअघि हिजो बसेको बैठकमा पनि श्रम संस्कृति पार्टीले प्लेकार्डसहित विरोध गरेको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















