Spread the love

बुटवल, २८ बैशाख ।
बुटवलमा जारी १६ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत छात्र÷छात्रा कबड्डीमा बुटवल उपमहानगरपालिकाले स्वर्ण पदक जितेको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको कबड हलमा मंगलबार भएको छात्रतर्फको फाईनलमा बुटवलले सियारीलाई ५७/२६ ठूलो अन्तरले पराजित गरेको हो । यता छात्रातर्फको फाईनलमा पनि सियारीलाई ४५/१० अंकले पराजित गर्दै बुटवल स्वर्ण आफनो नाम गरेको हो । रुपन्देहीमा कबड्डी विद्यालयस्तरबाट नै अभ्यास गराईदै आएको रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र सुनारले बताए । यहाबाट राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा खेलाडीहरु उत्पादन भएको उनको दाबी छ ।

यसैगरि दीप बोर्डिङ स्कुलमा भएको कराते खेलतर्फ बुटवल उपमहानगरपालिका टिम च्याम्पियन बनेको छ । बुटवलले ६ स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा देवदह नगरपालिका ४ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्दै दोस्रो, कन्चन गाउपालिका २ स्वर्ण, १ रजत र २ कास्य जित्दै तेस्रो एवं तिलोत्तमा नगरपालिका ३ रजत र ८ कास्य जित्दै चौथो स्थान हासिल गरेको छ ।

यसैगरि भलिबल खेलमा छात्रतर्फ बुटवल उपमहानगर प्रथम, देवदह दोस्रो र तिलोत्तमा तेस्रो भएको छ । छात्रातर्फ भने तिलोत्तमा नगरपालिका प्रथम, बुटवल द्धितिय र देवदह तेस्रो भएको छ ।

छात्र–छात्रा कबड्डी प्रतियोगिता रुपन्देही जिल्ला खेलकुद विकास समितिको कबड हल, तेक्वान्डो खेलहरू नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय तथा कराते दीप बोर्डिङ स्कुल, छात्र भलिबल न्यु होराइजन बोर्डिङ स्कुलको खेलमैदानमा तथा छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदानमा गर्ने ब्यवस्था भएको रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्यले बताए ।

प्रतियोगितामा रुपन्देहीका १६ पालिकामध्ये बुटवल उपमहानगर, तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, शुद्धोधन, कञ्चन, मायादेवी र सियारी गाउँपालिका ६९० जना छात्र र ६९० जना छात्रा गरि कुल १३८० जना खेलाडीहरुले विभिन्न विधामा सहभागिता जनाएका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्