Spread the love

काठमाडौँ ।

आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्यामविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको ८३ औं मिनेटमा लीन्द्रो ट्रोसार्डले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

यो जितपछि आर्सनल यस सिजनको लिग उपाधि जित्ने लक्ष्यतर्फ एक कदम अगाडी बढेको छ । आर्सनलको ३६ खेलमा ७९ अंक भएको छ ।

आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी भएको छ । त्यस्तै म्यानचेस्टर सिटीले भने एक खेल कम खेल्दै ३५ खेलमा ७४ अंकसहित आर्सनललाई पछ्याइरहेको छ । अब आर्सनलले लिगका बाँकी दुई खेल बर्नली र क्रिस्टल प्यालेससँग खेल्ने छ भने म्यानचेस्टर सिटीले बाँकी तीन खेल क्रिस्टल प्यालेस, बोर्नमाउथ र एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्