Spread the love

बुटवल, २५ वैशाख ।

बुटवल यातायात प्रालिको पाचौ वार्षिक साधारण सभा सभा तथा तेस्रो अधिवेसनबाट रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको सञ्चालक पदमा राम बहादुर शाही, कविन्द्रमान श्रेष्ठ, दिपक प्रसाद श्रेष्ठ, ज्ञान बहादुर सार्की, लाल प्रसाद शर्मा तथा रमेश बहादुर खड्का उम्मेदवार बनेका छन् ।

यसैगरि संयोजक पदतर्फ विभिन्न रुट तथा क्षेत्रगत जिम्मेवारीका लागि विनोद सिंह ठाकुरी, लक्ष्मण परियार, बालकुमार यादव, विष्णु बहादुर खत्री, केशव नेपाली, शिव प्रसाद पाण्डे, धन बहादुर भलामी, राजु कुमार लम्तरी तथा सिद्धिमान गिरीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले बताए ।

अधिवेसनको शुक्रबार एक समारोहका बिच पूर्व अध्यक्ष डिल बहादुर थापाले उद्घाटन गर्दै संस्थाका संस्थापकहरु यातायात ब्यवसायमा रहेको एकाधिकार तोड्दै फरक पहिचान बनाउन आफुहरु सफल रहेको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रबिन्द्रमान श्रेष्ठले वार्षिक प्रगति विवरण पेश गर्दै आफनो कार्यकालमा भएका ब्यवसायिक हकहितको बारेमा जानकारी दिए ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष अशोक कुमार श्रेष्ठले सवारी चलाउन आईपरेको कठिनाईहरु स्मरण गर्दै एकाधिकार तोड्न आफुहरु सफल भएको बताए । देशका अधिकास स्थानहरुमा अहिले सवारी चलाउन सफल भएको उनले बताए ।

कार्यक्रममा लेखा परिक्षक मधुप्रसाद खनाल, लुम्बिनी जनरल इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक बिश्व दिपक नेपाल, शिखर ईन्सुरेन्स लुम्बिनी प्रदेशका किरण काफ्लेले ब्यवसायिक हकहितसंगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा संस्थाबाट गरिएको कार्यको प्रशंसा गरे ।

यसैबिच संस्था स्थापनामा महत्वपूर्ण योगदान दिएका पूर्व पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । हाल संस्थामार्फत ३ सय बढी सवारीसाधन संचालन भएको महासचिव दिपक श्रेष्ठले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्