Spread the love

काठमाडौं, १५ वैशाख ।
बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललितपुरको २०८३ वैशाख ८ गतेको पत्र तथा आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठ संलग्न रहेको भन्दै अनुसन्धानका लागि सिफारिस गरिएको थियो ।

उक्त प्रतिवेदनमा कम्पनी समेतको संलग्नतामा बीमा ऐन २०७९ को दफा १४० (१) (छ) बमोजिम कसूर गरेको उल्लेख गरिएको छ । सोही आधारमा प्रहरीले २०८३ वैशाख १४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएको थियो । त्यसपछि श्रेष्ठलाई वैशाख १५ गते काठमाडौं महानगरपालिका–कागेश्वरी मनहरा नगरपालिका–५ बाट पक्राउ गरिएको हो ।

हाल श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्