बुटवल, १४ वैशाख ।
रुपन्देही प्रहरीले जिल्लाभर विशेष स्वीप अपरेशन तीव्र पारेको छ । सोही क्रममा सोमबार राती शान्ति सुरक्षामा खलल पुर्याउने ८३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाका विभिन्न स्थानमा चेकजाचको क्रममा स्वीप अपरेशन अन्तरगत गुण्डागर्दी, लागू औषध, बाईक मोडिफाईका साथै सार्वजनिक स्थानमा बसेर समुहमा हिड्ने, हुलदंगा गर्ने ८३ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले खस्यौली खबरलाई बताए ।
पक्राउ परेका मध्ये केही युवाहरुको अभिभावकहरुलाई कार्यालयमा बोलाएर जिम्मा लगाएर काम भएको भन्दै उनले कतिपय नियन्त्रणमा लिएकाहरुको अपराधिक गतिविधि सम्बन्धी थप अनुसन्धान कार्य समेत अघि बढाएको बताए । ‘सिआरएस रिकर्ड हेरेर पुराना केशहरुमा जोडिएकाहरुलाई थप कानुनी प्रक्रिया समेत अघि बढाईएको छ ।’– उनले भने । यसअघि समेत सयौ जना पक्राउ परेका थिए ।





















