Spread the love

काठमाडौं, १४ वैशाख । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेर तीन लाख पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा दुई हजार सात सय रूपैयाँ बढेको सुनको भाउ आज भने प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको हो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला चार हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार ४५ रूपैयाँमा किनबेच भइरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्