बुटवल, १३ वैशाख।
सेवाग्राहीबाट सधैजसो सहज र सरल सेवा नपाएको गुनासो हुने कार्यालय हो, यातायात ब्यवस्था कार्यालय (सवारी) । सवारी साधनको दर्ता, नबिकरण, नामसारी र प्रतिलिपि जस्ता सेवा यहाबाट दिईन्छ । यातायात ब्यवस्था कार्यालय (सवारी) बुटवलमा पनि सेवाग्राहीको यही गुनासो सुनिदै आएको छ ।
दैनिक एक हजार सवारी साधनको नबिकरण गर्ने काम यो कार्यालयमा हुन्छ । कार्यालयमा नामसारी र प्रतिलिपिको सेवा लिनमात्र ५ सय जना सेवाग्राही लाईन हुन्छ । अझ नया सवारी दर्ता गर्न दुई सय जना आउने तथ्याक छ ।
समग्रमा हेर्दा दैनिक एक हजार सात सय जना सेवाग्राहीलाई सेवा दिने कार्यालयमा कर्मचारी भने जम्मा ३० जनामात्र छन । कार्यालयमा यही जनशक्तिमध्येबाट केही प्राविधिक क्षेत्रमा पनि समय दिनुपर्छ । अहिलेको जनशक्ति बढाउनुका साथै सेवालाई अनलाईन बनाउन सके यो समस्या समाधान हुने कार्यालयका प्रमुख ई.दिपक थापाको दाबी छ । सेवाग्राहीलाई समयमा नै सहज सेवा दिने गरि कार्यालयको सेवा चुस्तदुरुष्त बनाउने गरि सरकारको ध्यान जान जरुरी छ ।
भिडियो रिर्पोट





















