बुटवल, ११ पुस । स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औ स्थापना दिवस शुक्रबार विविध कार्यक्रम गरि मनाएको छ । विद्यालयको सि ब्लकमा भएको कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश पूर्व स्वस्स्थ्यमन्त्री विष्णु पन्थीले उद्घाटन गर्दै विद्यार्थीहरुको शैक्षिक विकासमा निजि विद्यालयहरुको भुमिका महत्वपूर्ण भएको बताए । विद्यालय, शिक्षकमात्र नभई अभिभावकको पनि उत्तिकै योगदान रहने उदाहरण दिए ।
कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले शिक्षा र खेल गतिविधिमा स्कलर्स उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल रहेको बताए । सैद्धान्तिक र ब्यवहारिक ज्ञान दिन आफुहरु सफल रहेको उनले बताए । विद्यालय शिक्षा विधेयकको विषयमा सरकारबाट निजि विद्यालयको हकहितमा हुन गरि बनाउन उनले सुझाव दिए । विद्यार्थीहरुको भविष्यप्रति चिन्तनका साथ अभिभावकहरुसंग अन्तरक्रिया र छलफल गर्दै अघि बढेको उनले बताए । निजि लगानीमै एकेडेमी संचालन गरेर खेलाडी उत्पादन गर्दै आएको उनले बताए ।
कार्यक्रममा विधालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरी बश्यालले लामो ईतिहास बोकेको विद्यालयको अहिलेसम्म आईपुग्दा हासिल गरेका उपलब्धिका बारेमा बताए ।
कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले वडाभित्र एकमात्र नीजि विद्यालय गौरवका रुपमा शिक्षा दिन सफल भएको बताए ।
कार्यक्रममा जागरण टोल विकास संस्थाका अध्यक्ष मन्जु कुवर, सल्लाहकार गोपाल न्यौपाने, लंक बस्नेत, उपप्राचार्य टिकाराम गौतम, लेखा तथा प्रशासन शाखा प्रमुख लोक भण्डारीले शुभकामना दिए ।
कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक नृत्यकला तथा विविध रचनात्मक प्रस्तुति दिएका थिए भने उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरुलाई वार्षिक पुरस्कार वितरण समेत गरिएको थियो ।






















