काठमाडौं,२ वैशाख । देशभरका स्थानीय तहमा आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रह बमोजिम नागरिक स्तरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो ।
देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गरेका छन् । विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रम सहित सप्ताह मनाउन आग्रह गरिसकेको छ ।
विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1


















