Spread the love

बुटवल, २८ चैत ।

तिलोत्तमा नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरुका चालकहरुलाई लक्षित गरि दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रत्येक दिनजसो दुर्घटनाकै कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बेला यसलाई न्यूनिकरण गर्ने गरि तिलोत्तमा नगरपालिकाको सहकार्य, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको समन्वय तथा सुरक्षित यात्रा नेपालको आयोजनामा शनिबार सडक दुर्घटना न्यूनिकरणका लागि प्रशिक्षण तथा छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विद्यालय बस तथा भ्यान चालकहरुलाई सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालन, विद्यार्थी सुरक्षाका मापदण्ड तथा आकस्मिक अवस्थाको व्यवस्थापन सम्बन्धी ट्राफिक प्रहरीबाट नै जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीलाई समुदायको सहकार्य सधै जरुरी रहने बताए । संवेदनशिल विषयका रुपमा रहेको विद्यालयका चालकहरुलाई सहभागी गराएर महत्वपूर्ण कार्यक्रममा आफुहरु सहकार्य गरेको बताए । कतिपय अवस्थामा सानो असावधानी र हेलचेक्राईले ठुलो घटना घट्न सक्ने यसबाट मानविय र भौतिक क्षति हुने उनले औल्याए ।
पछिल्लोसमयमा मापसे र लापसेका कारण चालकहरु आउने बदलावकै कारण सवारीमा नियन्त्रण गुम्ने हुदा दुर्घटनाको सम्भावना बढी रहने उनले बताए ।

यस्तो कार्यमा संलग्नलाई कडा भन्दा कारवाही जरूरी रहने उनले बताए । विद्यालय प्रशासनबाट सवारी ठिक अवस्थामा राख्ने र चालक ठिक हुनुमात्र नभई बसको सीट ब्यवस्थापनमा पनि विशेष चासो दिनुपर्ने सुझाव दिए । यसका साथै यात्रु चढाउने र ओराल्ने बस स्टपको सहज र असहजताबारे समेत ध्यान दिन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण प्रसाद बेल्बासेले सुरक्षित, सहज र मर्यादित यात्रा मुख्य ३ विषयलाई उठाउदै आफुहरु अघि बढेको बताए । सुरक्षित यात्रा नागरिक अधिकार, दुर्घटना न्यूनिकरणमा सबैको सरोकार नारा सार्थक हुने गरि अभियान आजको आवश्यकता समेत भएको उनले बताए ।

कार्यक्रम संयोजक दिपक ढकालले विद्यालयका सवारी साधनमा साना बालबालिकाहरु यात्रा गर्ने र संवेदशिल विषय हुदा दुर्घटना हुनबाट जोगाउने गरि अभिमुखिकरण कार्यक्रम गरिएको बताए । तिलोत्तमा नगरपालिकामा नीजि तथा सामुदायिक गरि ८८ विद्यालयमध्ये ४२ वटा विद्यालयहरुले आफ्नै तथा भाडामा संचालन गरेका सवारी साधनहरु रहेको जसमा १८८ जना चालकहरु कार्यक्रममा सहभागी रहेका थिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी नायव निरिक्षक ज्ञानु पाण्डेयले विश्व परिवेश र नेपालमा भैरहेको दुर्घटनाबारे प्रस्तुति दिएका थिए । विश्वमा सडक दुर्घटनाकै कारण १३–१५ लाख जनाको मृत्यु हुने तथा नेपालमा दैनिक ६–९ जनाको मृत्यु हुने दरलाग्दो तथ्याक रहेको उनले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विकसित देशहरुमा दुर्घटनाको दर बढ्दो रहेको र यसलाई रोक्न बढीभन्दा सचेतना कार्यक्रम गर्नुपर्ने जोड दिईएको उनले बताए । दुर्घटना हुनुमा ७० प्रतिशत मानविय कारण तथा यान्त्रिक, सडक र वातावरणको कारण थप ३० प्रतिशत दुर्घटना हुने गरेको उनले बताए । नेपालमा वर्षेनी बालबालिकाहरु दुर्घटनामा पर्ने र मृत्यु हुने दर समेत बढ्दो रहेको तथ्याकले देखाउछ । जसलाई रोक्न पनि विद्यालयका चालकहरुलाई विशेष प्रशिक्षण जरुरी रहने उनले बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सहायक प्रशासिकय अधिकृत सिता भण्डारी, संस्थाका सल्लाहकार टेक बहादुर थापा, प्रहरी निरिक्षक प्रतिमा कार्कीले विद्यार्थीहरु बोकेको सवारी साधनमा विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिए ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्