Spread the love

जलेश्वर,२४ चैत । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर तीन विद्यार्थीको जलेर मृत्यु भएको छ ।

दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय शुभाष दास, २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ का करिब २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।

सोहि घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै १९ वर्षीय रोहित दास, सोही ठेगानाका १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका २० वर्षीय अजय कापर रहेका छन् ।

घाईतेहरुको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्