Spread the love

काठमाडौँ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि घना बदली रहेको छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली देखिएको छ ।

यस्तै, कोशी र मधेस प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको जनाइएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि घना बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। पहाडी तथा हिमाली भूभागका केही स्थानहरू, साथै कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्