काठमाडौँ, ६ चैत । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनका मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँले घटेको हो ।
महासंघले शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ५ हजार १० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको महासंघले जनाएको छ।





















