काठमाडौं, २ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ की १६ वर्षीया इनिशा विकको हत्यामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै पीडित परिवारले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन–पत्र बुझाएका छन् ।
विकका दाइ चन्द्र बहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन ।
ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताएका छन् । गत फागुन २३ गते सुर्खेतको विरेन्द्रनगर–४ जनजागरण सामुदायिक बनमा १६ वर्षीया बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















