बुटवल, ३० फागुन ।
रुपन्देहीमा सम्पन्न स्वर्गिय बबुवा स्मृति तेस्रोे स्मृति कप फुटसल प्रतियोगिता २०८२ को उपाधि फुटसल फेलेम चितवनले चुमेको छ । शनिबार भएको फाईनलमा वाईल्ड बोर तिलोत्तमालाई २–१ गोल अन्तरले पराजित गर्दै फुटसल फेलेम चितवनले उपाधि रक्षा गर्न सफल भएको हो ।
उपाधिसंगै उसले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । वाईल्ड बोर भने उपविजेतामा चित्त बुझाउदै नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । आस्था समुहको आयोजना, बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा एभरेष्ट ग्रुप हङकङको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा फुटसल फलेमका महेन्द्र कार्की ११ गोल गर्दै हाईस्कोरर, तथा एन्जल गुरुङ बेष्ट गोलकिपरबाट पुरस्कृत भए । वाईल्ड बोर तिलोत्तमाका श्रीकृष्ण श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद १० हजार रुपैया, कपबाट पुरस्कृत भए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि अमृत खड्का, आस्था समुहका अध्यक्ष केशव पुन, सचिव सुजन पुनले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, नारायणगढ, काठमाण्डौ लगायतका ३२ टिमले प्रतिस्प्रर्धा गरेको संयोजक भुवन श्रेष्ठले बताए ।






















