Spread the love

बुटवल, २१ फागुन ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदबार सुभाष पाण्डे (विश्वदीप) ले मतदान गरेका छन् । पाण्डेले सैनामैना नगरपालिका अन्तर्गत रहेको श्री सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय मा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

मतदानपछि उनले लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबै मतदातालाई आह्वान गर्दै शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गरे । निर्वाचन क्षेत्रमा बिहानदेखि नै मतदाताको उल्लेख्य सहभागिता देखिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्