बुटवल, १६ फागुन ।
नेपाली कांग्रेस पार्टी रूपन्देही–२ निर्वाचन प्रचारप्रसार तथा परिचालन समितिले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेल र समानुपातिक उम्मेदवार रीता सेन ओलीसहितको टोलीलाई तिलोत्तमा नगरपालिका वडा नं १ र वडा नं २ का मतदाताहरुले फुलमाला र टीका लगाएर स्वागत तथा विजयको शुभकामना दिए ।
घरदैलोका क्रममा स्थानीय मतदाताहरुले आफ्ना टोलका सानोतिनो समस्यादेखि लिएर दीर्घकालीन समस्या राखे । गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गरी कार्यान्वयन गर्ने प्रतिवद्वता पौडेलले प्रतिवद्धता जनाए । तिलोत्तमाको घरदैलोका क्रममा कांग्रेस उम्मेदवार पौडेलले पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनावमा विजयी हुनेमा आफू विश्वस्त भएको बताए ।
उम्मेदवार पौडेलले “विकास कागजमा होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै आफु परिणाममुखी कार्यमा लाग्ने प्रतिबद्धता जनाए । त्यस क्रममा नेपाली कांग्रेसका सयौं नेता कार्यकर्ताहरूको सहभागीता रहेको नेपाली कांग्रेस रूपन्देही–२ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन समिति संयोजक प्रजापाल गिरीले जानकारी दिए ।




















