Spread the love

बुटवल, १६ फागुन । बुटवलमा सामाजिक कार्यमा सक्रिय संस्था बुटवल गार्डियन्स ०७९ ले उज्यालो नेपाल पार्टी रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुरज पाण्डे लाई समर्थन गरेको छ ।
संस्थाले आज बुटवलमा आयोजित कार्यक्रममा पाण्डेका एजेन्डा विकासमुखी र जनमुखी रहेको निष्कर्ष सहित औपचारिक रूपमा समर्थन जनाएको हो। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष प्रविण मल्ल ठकुरीले पाण्डेले प्रस्तुत गरेका योजना र प्रतिबद्धता स्थानीय आवश्यकता अनुरूप रहेको बताए ।
सस्थाका उपाध्यक्ष मोहन पाण्डेले सामाजिक रूपान्तरण, सुशासन र युवामुखी कार्यक्रमलाई प्राथमिकता दिएको भन्दै पाण्डेको पक्षमा उभिने निर्णय गरिएको स्पष्ट पारे । उनले क्षेत्र नं. २ को समग्र विकासका लागि सक्षम र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।
समर्थन घोषणासँगै संस्थाले आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई समेत पाण्डेलाई मतदान गर्न आह्वान गरेको छन् । उज्यालो नेपाल पार्टीमा दुई सय बढी युवाहरु प्रवेश गरेका संस्थाका अध्यक्ष प्रविण मल्ल ठकुरीले बताए ।

 

 

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्