Spread the love

हेटौंडा, ९ फागुन ।
मकवानपुरमा क्रियाशिल हिमालयन राइडर्स सोसाइटीले आफनो पाँचौ वार्षिकोत्सव मन्दिरमा भजन तथा शुभकामना आदानप्रदान गरि मनाएको छ । स्वास्थ्य, पर्यावरण र पर्यटन सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै समाजमा रहेका विकृति–विसंगतिलाई रुपान्तरण गर्ने उद्देश्यसहित स्थापना भएको सोसाइटीले स्थापना दिवसमा पर्यटकिय स्थलमा साईक्लिङसंगै मन्दिरमा भजन कार्यक्रममा सहभागिता जनाएको हो ।

पवित्र धार्मिकस्थल बनशखण्डी मन्दिर व्यवस्थापन समिति परिसरमा भएको कार्यक्रममा सोसाइटीका अध्यक्ष राजु थापा मगरले साईकल र स्वस्थ्य अभियानमार्फत जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सफल भएको बताए । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा स्थापनाकालदेखि विभिन्न संघ–संस्था, बौद्धिक वर्ग तथा साइक्लिङ्ग प्रेमीहरूबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गरे ।

कार्यक्रममा विभिन्न उमेर समूहका साइक्लिङ्गप्रेमीहरू ७ वर्षका अबिरल, १२ वर्षीया विद्या देवी आचार्य, १२ वर्षका दिव्य भट्टराई तथा ७३ वर्षका आजीवन सदस्य मदनलाल मानन्धरलगायत सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो । स्वास्थ्यप्रद जीवनशैली प्रवद्र्धन र पर्यटन प्रवद्र्धनमा केन्द्रित थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्