बुटवल, ९ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् । शनिबार बुटवलमा निर्वाचन आयोगका पदाधिकारी, नेपाल प्रहरी, नेपाली सेना लगायतका प्रतिनिधिमण्डलको टोलीसँग निर्वाचनको सुरक्षा लगायतका बिषयमा जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए ।




















