Spread the love

बुटवल, ६ फागुन ।
विद्यालयस्तरका खेलाडीहरु बिचमा आयोजना गरिएको रात्रीकालीन फुटबलमा जनज्योती माबिले विजयी शुरुवात गरेको छ । बुटवल पब्लिक स्कुलको आयोजनामा बुधबारदेखि शुरु भएको दोस्रो जिल्ला स्तरीय ईन्टर स्कुल सेभेन ए साईड फुटबल प्रतियोगिता २०८२ मा जनज्योतीले प्यारामाउण्ट बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

तिलोत्तमा नगरपालिकास्थित विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा जनज्योती माबिले जितमा विवेक थापाले एकमात्र गोल गरे । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले फुटबलको विकासमा नीजि क्षेत्रको भुमिकाबारे प्रकाश पारे । यस क्षेत्रमा नै उत्कृष्ट खेलमैदान ब्यवस्थापन र हरियालीमा विद्यालयबाट भएको कामको उनले प्रशंसा गरे ।

कार्यक्रममा विद्यालय खेलकुद महासंघका अध्यक्ष तथा विद्यालयका प्राचार्य हेमलाल शर्माले शिक्षासंगै विद्यार्थीहरु खेल गतिविधि रुचाउने हुदा पनि खेल पूर्वाधारसहितको विद्यालय आवश्यक रहने बताए । हरेक ब्यक्तिमा अनुशासन महत्वपूर्ण हुने उनले बताए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, सैनिक आवासिय विद्यालय बुटवलका प्रधानाध्यापक दोलराज भण्डारी, प्रमुख सेनानी विजय आमदेम्बे लिम्बु, सेनानी नरेश अर्यालले उमेर समुहको खेल विकास र खेलकुद गतिविधिबारे प्रकाश पारे ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार तथा उपविजेता टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

प्रतियोगितामा आयोजक बुटवल पब्लिक स्कुलसहित शान्ति नमुना माबि, अक्सफोर्ड ईगलिस बोर्डिङ स्कुल, सिद्धार्थ बोर्डिङ स्कुल, जनज्योति माबि, प्यारामाउण्ट बोर्डिङ स्कुल, एभरेष्ट बोर्डिङ स्कुल र सैनिक आवासिय माबि प्रतिस्प्रर्धा गरेका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्