बुटवल,१९ माघ । नवजीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम अन्तर्गत घरेलु प्राथमिक उपचार सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तिलोत्तमा आयुर्वेद शाखाका प्रमुख प्रकाश ज्ञवालीले ज्वरो, घाउचोट, जलन, पेट दुखाइ, र सामान्य रोगहरूमा घरमै गर्न सकिने आयुर्वेदिक प्राथमिक उपचारबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रमा सस्थाका अध्यक्ष नारायण पाठक,सस्थापक अध्यक्ष श्याम न्यौपाने, उपाध्यक्ष रेनु गैरे न्यौपाने लगायतले बोल्दै आपतकालीन अवस्थामा तत्काल गरिने प्राथमिक उपचारले ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने र यस्ता सचेतनामूलक कार्यक्रमहरू समुदायस्तरमा निरन्तर आवश्यक रहेको उल्लेख गरे ।
घरमै सामान्य दुर्घटना हुँदा अपनाउन सकिने प्राथमिक उपचारबारे जानकारी हुनु अत्यावश्यक रहेको उल्लेख गर्दै सहभागीहरूलाई सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । कार्यक्रमा संस्थाका ६९ जना शेयर सदस्यहरूको सहभागिता रहेको सस्थाका सचिव सागर पाठकले बताए ।






















