Spread the love

काठमाडौं,७ मंसिर ।

विपद्का समयमा नागरिकलाई समयमै पूर्वसूचना पु¥याउने उद्देश्यले नेपालमा विकास गरिएको सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण हुने भएको छ । गृह मन्त्रालय सहित सम्बन्धित सरकारी निकाय र दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको समन्वयमा आज काठमाडौंका केही क्षेत्रमा २ जी मोबाइल सञ्जालमार्फत परीक्षण गर्न लागिएको हो ।

परीक्षणका क्रममा तोकिएका क्षेत्रमा रहेका केही मोबाइल फोनमा चेतावनी ध्वनिसहित परीक्षण सन्देश प्राप्त हुन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस्तो सन्देश प्राप्त भएमा नआत्तिन र कुनै प्रतिक्रिया वा कारबाही नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

परीक्षणका क्रममा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्ने पनि मन्त्रालयले जनाएको छ । सेल ब्रोडकास्ट प्रणालीमार्फत बाढी, पहिरो, भूकम्प लगायतका विपद्को पूर्वसूचना प्रभावित क्षेत्रमा तत्काल पु¥याउन सकिने अपेक्षा गरिएको छ । यस प्रणालीले विपद्को जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षा र उद्धार कार्यमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।

">
Bajaj Grand Exchange Mela