Spread the love

काठमाडौ,७ मंसिर ।

नेपालको जनकपुरधाम र भारतको अयोध्यालाई सिधा रेलमार्गबाट जोड्ने गरी ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु हुने भएको छ । प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत रेल सेवाको संयुक्त उद्घाटन गरेका हुन् ।

भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्मको दुरी करिब ६०४ किलोमिटर रहेको र रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागन्ज र गोरखपुर लगायतका सहर हुँदै यात्रा गर्नेछ । यो रेल सातामा एक पटक जनकपुरबाट अयोध्या र एक पटक अयोध्याबाट जनकपुर आउनेछ।

नियमित व्यावसायिक सेवा नोभेम्बर २८ देखि सुरू गर्ने तालिका छ । दुई धार्मिक सहर सिधा रेल सेवाबाट जोडिए सँगै नेपाल र भारतबीच धार्मिक पर्यटन तथा यात्रुहरूको आवतजावत सहज हुने अपेक्षा गरिएको छ । जनकपुरसम्म आउने रेलमार्गलाई बर्दिबाससम्म विस्तार गर्ने सम्झौता भने नेपाल र भारतले सन् २०१० मै गरेका थिए । तर १६ वर्ष बित्दा पनि रेल बर्दिबास पुग्न सकेको छैन । भारतको सरकारी निर्माण कम्पनी इरकन इन्टरनेसनलले उक्त रेलमार्गको बाँकी निर्माण सन् २०२९ मार्चसम्म सम्पन्न हुने अपेक्षा गरेको छ ।

">
Bajaj Grand Exchange Mela