Spread the love

बुटवल, २ मंसिर ।
नेपाल औषधी ब्यवसायी संघको १५ औ राष्ट्रिय महाधिवेसनको तयारी तिब्र चलिरहेको छ । महाधिवेशनको आयोजकीय जिम्मेवारी नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेश कमिटीले पाएको छ । महाधिवेशन आयोजक समितिका संयोजक तथा कर्णाली प्रदेश अध्यक्ष प्रेम भण्डारीका अनुसार देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब २५० जना र अतिथि तथा कलाकार गरी ५० जनाको सहभागिता रहनेछ । मंसिर ४ देखि ६ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा हुने औषधी ब्यवसायीहरुको अधिवेसनमात्र नभई सो क्षेत्रको पर्यटन विकासमा समेत टेवा पुग्ने देखिन्छ । एकैपटक देशभरका ब्यवसायीहरुलाई आतिथ्यता प्रदान गर्ने अवसरलाई आगामी भविष्यमा सो क्षेत्रलाई उत्कृष्ट गन्त्ब्यका रुपमा चिनाउन सक्ने सम्भावनाको द्धार खोलेको छ ।

होटल शुभमा संघिय सासद विष्णु खड्काद्धारा मंसिर ५ गते कार्यक्रमको औपचारिक उद्घाटन हुने छ । विगतको इतिहास हेर्दा पनि औषधी ब्यवसायीहरु आफनो ब्यवसाय प्रवद्र्धनसंगै देशका विभिन्न स्थानमा अधिवेसन गरेर आपसी सद्भाव र पर्यटन विकासमा टेवा दिने गरि विकेन्द्रिकृत रुपमा काम गर्दै आएको पाउछौ । बिसं २०५८ सालमा रुपन्देहीको बुटवलमा अधिवेसन भएको थियो । यसैगरि बिसं. २०६८ सालमा ११ औ नेपालगंजमा बुटवलबाट बाबुराम भट्टराई केन्द्रिय नेतृत्व लिन सफल भएका थिए । संघको १२ औ लाहान मशेस प्रदेश, १३ औ अधिवेसन पोखरा, १४ औ अधिवेसन विरगंजमा भएको थियो । सो अधिवेसनबाट केन्द्रिय अध्यक्षमा प्रकाश खण्डेलवाल निर्वाचित भएका थिए । उनको सफल कार्यकालको समापन र नया नेतृत्व चयनको लागि १५ औ अधिवेसनको तयारीको जिम्मेवारी औषधी ब्यवसायीहरुको कर्णाली प्रदेशका अध्यक्ष प्रेम बहादुर भण्डारीले बताए । अधिवेसन तयारीको अन्तिम चरणमा पुगेको अध्यक्ष प्रेम बहादुर भण्डारीले बताए । ‘अब विहिबारबाट अतिथि सत्कारमा जुट्ने छौ ।’–उनले भने । कर्णाली प्रदेश पर्यटनले घेरिएको ठाउ भएको हुदा पनि यो स्थानमा हुने अधिवेसनबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने उनले बताए ।

औषधी ब्यवसायीहरुको राष्ट्रिय अधिवेसनबाट ऐतिहासिक, पर्यटकिय स्थलहरुको चिनारी दिलाउने गरि स्वरुप तयार गरिरहेको उनले दाबी गरे । पर्यटन क्षेत्रहरु सुर्खेतको कार्के बिहार, गढी, दैलेख ज्वाला कालिकोट लगायत मुगु क्षेत्र लगायथ सिंजा राज्य लगायतका पुरातात्विक र ऐतिहासिक क्षेत्रहरुको घुम्ने धेरै स्थानहरु यहा रहेको उनले बताए । महाधिवेशनको कार्यतालिकाअनुसार मंसिर ४ गते उम्मेदवारको मनोनयन दर्ता, ५ गते उद्घाटन तथा बन्दसत्र र ६ गते निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ ।

यता संघका पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई अधिवेसन संस्थाको पर्वको रुपमा रहेको बताए । ब्यवसायीहरु एक ठाउ जम्मा भएर ब्यवसायिक हकहित, कार्यक्रमको छलफल, भविष्यको योजना तथा नया नेतृत्व चयन समेत हुने उनले बताए । अहिलेको अधिवेसनमा विशेष गरि प्रविधिको प्रयोग, दक्ष जनशक्ति, सेवाको गुणस्तर, लागत नियन्त्रण, पारदर्शीता जस्ता विषयमा ब्यवसायीहरु बिच गहन छलफल हुन जरुरी रहने उनले बताए । यसैगरि छुटको असमान अभ्यासलाई सरकारबाट आवश्यक कार्यान्वयन जरुरी रहेको समेत उनले बताए ।

हाल औषधी ब्यवसायमा वार्षिक ७० अर्बको कारोबार हुने गर्दछ । देशकै ठूलो अर्थतन्त्र जोडिएको यो क्षेत्रमा कानुनी र ब्यवहारिक दुबै चुनौती रहेको केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल बताउछन । विशेष गरि औषधी ऐन २०३५ मुख्य चुनौती रहेको उनले बताए । ‘यो परिमार्जन गरि समयसापेक्ष बनाउन जरुरी रहेको छ ।’– उनले भने । अर्कोतर्फ खुला सिमाना पनि समस्याको रुपमा रहेको उनले बताए । राज्यबाट नै यसमा आवश्यक पहल जरुरी रहेको उनले बताए ।

">
Bajaj Grand Exchange Mela