लुम्बिनी, २ मंसिर । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेकी छन् । सरकारबाट नियुक्त भएको केही दिनपछि लुम्बिनी पुगेर उनले जिम्मेवारी सम्हालेकी हुन् । कोषका सूचना अधिकारी डा. हरिध्वज राईका अनुसार कोषका नवनियुक्त सदस्य–सचिव इन्जिनियर सन्तोष पाण्डेयले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् । लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा लुम्बिनी विकास कोष नेतृत्वविहीन अवस्थामा थियो । कोषको पदेन अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने व्यवस्था छ भने उपाध्यक्षसहित अन्य पदाधिकारी तथा सदस्यहरू सरकारले नियुक्त गर्ने कानुनी प्रावधान छ ।
सरकारबाट नियुक्त भएको केही दिनपछि लुम्बिनी पुगेर उनले जिम्मेवारी सम्हालेकी हुन् । गायिका तथा समाजसेवीसमेत रहेकी डोल्मालाई कोषका कर्मचारीहरूले स्वागत गरेका थिए । कोषका सूचना अधिकारी डा. हरिध्वज राईले दुवै नवनियुक्त पदाधिकारीले बुधबार पदभार ग्रहण गरेको जानकारी दिए । लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा लुम्बिनी विकास कोष नेतृत्वविहीनजस्तै अवस्थामा थियो । कोषको पदेन अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने व्यवस्था छ भने उपाध्यक्षसहित अन्य पदाधिकारी तथा सदस्यहरू सरकारले नियुक्त गर्ने कानुनी प्रावधान छ । नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेसँगै लुम्बिनीको विकास, संरक्षण, व्यवस्थापन तथा पर्यटन प्रवद्र्धनका कामले गति लिने अपेक्षा गरिएको छ ।





















