Spread the love

बुटवल, २ मंसिर ।
रुपन्देही डेरी ब्यवसायी समिति बुटवलको १८ औ वार्षिक साधारण सभा तथा ८ औ अधिवेसनबाट जिवलाल न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन भएको छ । बुधबार बुटवलमा भएको अधिवेसनबाट समितिको उपाध्यक्षमा यमप्रसाद शर्मा, सचिवमा कमल काफले, सहसचिवमा देवराज ज्ञवाली र कोषाध्यक्षमा कृष्ण पोखरेल चयन भएका छन् । त्यस्तै, सदस्यरुमा गिरिधारी खनाल, यादव भट्टराई, यमबहादुर खत्री, हरिप्रसाद न्यौपाने, सुस्मा न्यौपाने र मधु भट्टराई चयन भएको प्रमुख निर्वाचन अधिकृत खीमलाल भट्टराई (कृष्ण) ले बताए । यसैगरी, लेखा समितिको संयोजकमा कृष्णप्रसाद उपाध्याय चयन भएका छन् । समितिको सदस्यमा कृष्णप्रसाद पन्त र बिमला शर्मा रहेका छन् ।

कार्यक्रमको एक समारोहका बिच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख डा। बालकुमारी शर्माले उद्घाटन गर्दै खाद्य पदार्थको विषयमा स्वच्छ, स्वस्थ र गुणस्तरीय हुन जरुरी रहने बताईन । कार्यालयबाट दुध, तेल र पानीलाई अत्यान्त संवेदशिल खाद्य पदार्थको रुपमा लिएर त्यही प्रकारबाट आवश्यक अनुगमन, निरिक्षण र प्रयोगशाला प्रतिवेदन तयारमा विशेष ध्यानदिने गरेको उनले बताईन । खाद्य पदार्थमा गुणस्तर र स्वच्छदता कायम गरेमा अनुगमन गरिदा कुनै समस्या नपर्ने समेत उनले दाबी गरिन । तिहारकै सेरोफेरोमा भैरहवामा घ्युको नाममा डाल्डा घ्यु मिसाएको भारतिय ब्यवसायी पक्राउ परेको उदाहरण पेश गर्दै गुणस्तरलाई काम राख्न केवल एउटा संस्थाबाट सम्भव नहुने तर्क गरिन । स्थानिय सरकारलाई खाद्य परिक्षण ल्याब स्थापना र खाद्य निरिक्षक राखेर अनुगमन गर्न पाउने प्रावधान ऐनमा रहेको उनले बताईन ।

कार्यक्रममा समितिका अध्यक्ष विष्णु प्रसाद पाण्डेले संस्थाको प्रतिवेदन पेश गर्दै आफ्नो कार्यकालमा गरिएका विभिन्न कार्यक्रमबारे प्रकाश पारे । ब्यवासायिक हकहित, क्षमता विकास, सामाजिक उत्तरदायित्वका साथै ब्यवसायको आन्तरिक अनुगमन जस्ता काम गरेको उनले बताए । जिल्लामा छरिएर रहेका डेरी ब्यवसायीहरुलाई संगठित गर्दै लग्ने योजना रहेको छ । दर्ता अनिवार्य गर्ने तथा ब्यवस्थित गर्ने काममा जोड दिएको उनले बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नरिश्वर शर्मा पौडेल, उपभोक्ता हित संरक्षण मंच रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कपिल ज्ञवाली, निवर्तमान अध्यक्ष रामकृष्ण शर्मा, पूर्वअध्यक्ष गणेशसिह भण्डारी, नेत्र पाठक, कृष्ण प्रसाद भट्टराईले दुधजन्य पदार्थको शुद्धता र किसानको लागतमा आधारित मुल्य निर्धारणको कार्यान्वयन जोड दिनुपर्ने सुझाव दिए । दुधको मुहारदेखि नै शुद्धतामा जोड दिन पशुको स्वास्थ्य, किसानदेखि विभिन्न चरणको अनुगमन जरुरी रहेको समेत उनिहरुको दाबी थियो ।

कार्यक्रममा उपाध्यक्ष जिवलाल न्यौपानेले सिद्धेश्वर चौरबाट भेला भएर संस्थागत एकतावद्घ भई हालसम्मको इतिहासबारे स्मरण गरे । स्थापनाकालमा ७२ वटा ब्यवसायीबाट शुरु भएको संस्थामा हाल २ सय बढि ब्यवसायीहरु आवद्ध छन ।
यसैबिच कार्यक्रममा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएका ब्यवसायीका छोराछोरीहरुलाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको समितिका महासचिव यम शर्माले बताए ।

भिडियो रिर्पोट

">
Bajaj Grand Exchange Mela