Spread the love

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको सभापतिमा कपिल ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । समाजको आइतबार बुटवलमा सम्पन्न २७ औँ साधारणसभा तथा अधिवेशनले ज्ञवालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपसभापतिमा कृष्णप्रसाद पाण्डे, सचिवमा लीलाधर लुइटेल, सहसचिवमा सीता पौडेल, कोषाध्यक्षमा मोहनलाल न्यौपाने तथा सदस्यहरूमा अर्जुनबहादुर कुँवर, दिनेशमणि सुवेदी, विष्णु शर्मा भट्टराई, उमा देवकोटा, कल्पना रसाइली, सीता पोखरेल र गंगा गैरे रहेको निर्वाचन अधिकृत कृष्णप्रसाद भट्टराई (खिमप्रसाद) ले बताए ।

साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मानव अधिकार तथा शान्ति समाजकी केन्द्रीय सभापति रेनुका पौडेलले जलवायु परिवर्तनलाई आफुहरुले प्रमुख मुद्दाका रूपमा उठाएको बताइन् । उनले विश्वका विभिन्न देशमा जारी द्वन्द्व र जलवायु परिवर्तनको असर नेपालमा समेत परिरहेको उल्लेख गर्दै जलवायु न्यायका लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। नेपालको अर्थतन्त्र चिन्ताजनक अवस्थामा रहेको उल्लेख गर्दै उनले सरकार मानव अधिकारका मान्यताअनुसार सञ्चालन हुन नसकेको आरोप लगाइन्।

कार्यक्रममा समाजका पूर्वसभापति गोविन्द खनालले मानव अधिकार तथा शान्ति समाज कुनै एउटा व्यक्ति वा राजनीतिक दलको मात्र नभई सबै दल, संघसंस्था र आमनागरिकको साझा संस्था भएको बताए ।
समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति राजन पाण्डे, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्याल, नेकपा एमालेका जिल्ला सचिव बाबुराम पन्थी, नेकपाका नगर अध्यक्ष महेन्द्र भुषाल, मानव अधिकार तथा शान्ति समाजका महासचिव प्रकाश शाही, अनुशासन आयोगका सदस्य तीर्थराज न्यौपाने, केन्द्रीय सचिव डीपी खनाल, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष नरिश्वर पौडेल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष लोकनाथ पन्थी, उच्च अदालत बारका अध्यक्ष माधव घिमिरे, राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, इन्सेककी रिमा बीसीलगायतले जलवायु न्याय मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।

">
Bajaj Grand Exchange Mela