Spread the love

भैरहवा । रुपन्देहीमा १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका–४ निवासी ६८ वर्षीय प्रल्हाद कुर्मी र ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी रहेका छन् ।

प्रहरीका अनुसार २०६५ मंसिर ६ गते राति करिब १२ः३० बजे रुपन्देहीको तत्कालीन धकधई गाविस–८, हाल रोहिणी गाउँपालिका–३ झुङ्गापरासीस्थित हुलाकी सडकखण्डमा चिनक राजभर भन्ने मुनिराम राजभरको गोली हानी हत्या भएको थियो । तत्कालिन समयमा ३२ वर्षका राजभरको हात पछाडि गलबन्दीले बाँधेर कन्चटमा गोली प्रहार गरी हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा १८ वर्षपछि हत्यामा संलग्न रहेको आरोपमा कुर्मी द्वयलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान पूरा गरी रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले २०८३ कात्तिक १८ गते दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरूलाई जिल्ला कारागार कार्यालय रुपन्देही चलान गरिएको प्रहरीले जनाएको छ ।

 

">
Bajaj Grand Exchange Mela