Spread the love

बुटवल । बुटवलको पर्यटन प्रवद्र्धन तथा मनोरञ्जनका नयाँ अवसर थप्ने उद्देश्यसहित १८ डी मुभी थियटर र ऐना भुलभुलैयाको परीक्षण शुभारम्भ गरिएको छ । नेक्स्ट जेन एड्भेन्चर प्रा.लि.द्वारा सञ्चालित उक्त परियोजना बुटवलस्थित डेल्टा मार्ट परिसरमा सञ्चालनमा आउन लागेको हो । शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संचालक प्रकाश भुषालले आवश्यक तयारी पुरा भई ट्रायल ओपनिङ भएको बताए । बुटवलमा भित्रने पर्यटकहरुलाई साहसिक गतिविधिबाट मनोरञ्जनसंगै विभिन्न धार्मिक पर्यटनको प्रचारप्रसारमा समेत सहयोग गर्ने गरि यो परियोजना सञ्चालन गरिएको बताए ।

‘कार्तिक १५ गतेबाट औपचारिक उद्घाटन गर्ने तयारी रहेको छ ।’– उनले भने । १८ डी भनेको यो एउटा फिल्म बनाउने प्रविधि, स्क्रिनको प्रविधि भएको उनले बताए । जसमा ३६० भ्युबाट हेर्न सकिने, फिजिकल रुपमा फिल हुने उनको दाबी छ । ‘मनोरञ्जनको नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरेका छौ ।’– उनले भने । सामान्यतया १० देखि १५ मिनेटका भिडियोहरु हुन्छन । बैज्ञानिक रुपमा पनि तयार गरिएको एउटा एडभेन्चर फिल्मी भएको हुदा पनि छोटो हुने उनको तर्क छ । अन्तराष्ट्रिय टुर, रोलर कस्टर लगायतका करीब १ सय बढी भिडियोहरु रहेको उनले बताए ।

नेपालको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ प्याकेज दिने गरि यो तयार भएको उनले बताए । भविष्यमा पशुपति, मुक्तिनाथ, रारा लगायतका क्षेत्रको समेत भिडियो तयार गरेर देखाउने गरि धार्मिक पर्यटन प्रवद्र्धन गराउने लक्ष्य रहेको उनले बताए । ‘बच्चादेखि वृद्धसम्मलाई यो एउटा गन्त्ब्य गराउने छौ ।’–उनले भने । प्रालिमार्फत युवाहरु प्रकाश भुसाल, दीपक ढकाल, सिद्धार्थविक्रम थापा,निश्चल तिमिल्सिना र सुदीप काफ्लेको संयुक्त लगानी रहेको छ ।

चलचित्रका दृश्यअनुसार हावा, हिउँ, पानी, कुहिरोलगायतका विशेष प्रभाव तथा चल्ने र हल्लिने मोसन सिटमार्फत दर्शकले प्रत्यक्ष अनुभव गर्न सक्ने सञ्चालक दीपक ढकालले बताए । त्यस्तै, ऐनाको भुलभुलैयाले आगन्तुकलाई ऐनै–ऐनाले बनेको संरचनाभित्र बाटो पहिल्याउँदै बाहिर निस्कने रोमाञ्चक अनुभव दिनेछ ।

भिडियो रिर्पोट

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्