Spread the love

अर्घाखाँची,१३ कार्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले विपद् व्यवस्थापनका कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी, संस्थागत र व्यावहारिक पक्षमा सुधार गर्नुपर्ने बताए ।

उनले विपद्का घटनाबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।विपद्बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने र पुनर्निर्माणका कामलाई गति दिनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री आचार्यले प्रदेश तथा स्थानीय तहबाट उपलब्ध गराउनुपर्ने रकम तत्काल भुक्तानी गर्ने प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्