Spread the love

गोरखा, १३ कार्तिक ।

बाढीले सडक र पदमार्ग अवरुद्ध भएपछि बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि ड्रोन प्रयोग भएको छ । राहत वितरणमा कुल चार वटा ड्रोन प्रयोग भएको र ड्रोन उडानका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट ११ जना प्राविधिक टोली खटिएका छन् ।

सशस्त्र प्रहरी बल गोरखा गुल्म प्रमुख डिएसपी सुदीप रेग्मीका अनुसार दुई वटा ड्रोनले चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाट र बाँकी दुई वटाले धार्चे गाउँपालिकाको खोर्लावेशीबाट राहात सामाग्री ओसारपोसार गरेको छ । प्रभावित क्षेत्रमा खाद्यान्नसँगै टेन्ट, त्रिपाल, औषधी लगायतका राहत सामग्री ड्रोनबाट पु¥याइएको डिएसपी रेग्मीले बताए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्