Spread the love

काठमाडौं,१३ कार्तिक ।

भुटानको गासा जिल्लास्थित बिहीबार साँझ शिन्ताफु हिमताल फुटेको आशंका गरिएको छ । पुनात्साङछु नदीमा एक्कासी बाढी आएपछि हिमताल फुटेको आशंका गरिएको हो । वाकिला पर्वतको फेदीमा रहेको हिमताल फुट्दा करिब ७४ लाख घनमिटर पानी बाहिरिएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन् ।

प्रारम्भिक विवरणअनुसार हिमतालबाट बाहिरिएको पानीको वास्तविक प्रभाव र क्षतिको पूर्ण विवरण आइसकेको छैन। भुटान र भारतका अधिकारीहरूले नदीको जलस्तर तथा पानीको बहाव निगरानी गरिरहेका छन्।। ठूलो बाढी आएपछि भुटानसँग सीमा जोडिएका भारतका पश्चिम बंगाल र असमका क्षेत्रमा सतर्कता अपनाइएको छ । बाढीको बहावले भुटानको लाया क्षेत्र जोड्ने सडकको केही भाग बगाएपछि यातायातसमेत अवरुद्ध भएको बताइएको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्