Spread the love

बुटवल, ६ कार्तिक ।
विजयादशमी तथा शुभ दिपावली २०८३ को अवसरमा पाल्पा कराम्दीमा ‘स्वर्गिय गिता पाण्डे र स्वर्गिय मिन प्रसाद पराजुली स्मृति दोस्रो खुला नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८३’ शुरु भएको छ । पाल्पा रिब्दीकोट–१ ख्याहा रूपन्देही सम्पर्क समाजको आयोजनामा विहिबार भएको खेलमा सोमादी राधाकृष्ण र ख्याहा आमडाडा विजयी भएका छन ।

कराम्दी खेल मैदानमा विहिबार भएको उद्घाटन खेलमा सोमादी राधाकृष्णले हार्थोक सिरुपाते क्लबलाई २ बिकेटले पराजित गरेको हो । खेलमा विजय सारु प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि निक्कै प्रतिस्प्रर्धात्मक दोस्रो खेलमा ख्याहा आमडाडाले रिडि एफसीलाई १ विकेटले पराजित गरेको छ । खेलमा सुभाष प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच पाल्पा क्षेत्र नं २ का संघीय सांसद माननीय डा. माधव थापा, रिब्दीकोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष चिरञ्जीवी पोख्रेल, प्रकाश पाण्डे, रास्वपा युवा नेता दीपक सुनारले एम्पायरलाई खेलकुद सामग्री हस्तातरण गरि खेल उद्घाटन गरेका थिए ।

कात्तिक ८ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३१ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने महासचिव तथा खेल संयोजक युवराज पराजुलीले बताए । यसैगरि उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र म्यान अफ द म्याचलाई समेत विशेष पुरस्कार प्रदान गरिने उनले बताए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तुल्सी पराजुली, सहसंयोजक प्रेमप्रकाश पाण्डेले पाल्पा क्षेत्रमा नै क्रिकेटको महत्वलाई अझ बढाउने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताए । प्रतियोगितामा गतवर्ष लुम्बिनी स्र्पोटस कपिलबस्तु विजेता रहेको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्