Spread the love

बुटवल । बडादसैँको अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी रहेको छ । विजयादशमीको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्पराअनुसार बिहीबार पनि आफन्त तथा परिवारजनबीच टीका थाप्ने र आशीर्वाद लिने क्रम चलेको हो ।

विजयादशमीका दिन विभिन्न कारणले मान्यजनकहाँ पुग्न नसकेका व्यक्तिहरू दोस्रो दिनदेखि आफन्तको घरमा पुगेर टीका लगाउने गरेका छन् । बिहानैदेखि टीका थाप्न जाने र घरमा आएका आफन्तलाई टीका लगाइदिने क्रमले दसैँको उल्लास थपिएको छ ।

दसैँलाई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र आशीर्वाद आदानप्रदानको पर्वका रूपमा लिने गरिन्छ । यस अवसरमा टाढा रहेका आफन्तसँग भेटघाट गर्ने तथा परिवारका ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने चलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा दसैँको टीका लगाउन सकिन्छ । कोजाग्रत पूर्णिमाको राति जाग्राम बसेर महालक्ष्मीको पूजा गरेसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुने धार्मिक मान्यता छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्