बर्दघाट, २ कार्तिक
ओमनमा जारी लिग २ क्रिकेटको अन्तिम लिगको अन्तिम खेलमा नेपालले ओमनको सामना गर्दैछ । लिग २ का ८ टोलीमध्ये शिर्ष ६ भित्र पर्नका लागि नेपालले आज हुने खेलमा ओमनलाई पराजित गर्नैपर्ने दवावमा रहेको छ । अन्तिम लिगको सुरुवाती २ खेल नेपालले आफ्नो पक्षमा पार्न सफल रहेपनि छैटौँ स्थान सुरक्षित गर्न क्यानाडासँग तेश्रो खेलमा भिडेको नेपाल पराजित भएपछि दवावमा परेको हो । प्रतिष्प्र्रधी टोली ओमन यसअघि नै शिर्ष ४ स्थानमा सुरक्षित भइसकेको छ । छैटौँ स्थानका लागि क्यानाडा र नेपालमध्ये कसले बाजी मार्छ? आजको खेल निर्णायक हुने छ ।
अँकतालिका अनुसार नेपाल कुल ३५ खेलबाट २८ अँकका साथ सातौँ स्थानमा रहेको छ । उसले अव एक खेल मात्र खेल्न बाँकी छ । यदि नेपालले आजको खेलमा ओमनलाई पराजित गर्न सकेको खण्डमा नेपाल ३० अँकका साथ सहजै छैटौँ स्थानमा कायम रहने छ । नेपालले छैटौँ स्थान कायम राख्नका लागि आजको खेलमा ओमन विरुद्धको खेलमा जित वा ओमन र नेपाल विचको खेल बराबरी हुन आवश्यक छ ।
क्यानाडाले लिगका सबै खेल खेलिसकेको छ । कुल ३६ खेलबाट क्यानाडा २९ अँकका साथ छैटौँ स्थानमा छ तर नेट रनरेट भने नेपालको भन्दा कमजोर रहेको छ । नेपालको नेटरनरेट ऋणात्मक (–)००७ र क्यानाडाको नेटरनरेट ऋणात्मक (–) ०.३३० रहेको छ । नेट रनरेटको आधारमा यदि नेपालले ओमनसँग अँक बाँडेको खण्डमा पनि छैटौँ स्थान कायम राख्न सक्नेछ । नेपाल र ओमनविचको खेल सोमबार विहान सवा ११ बजेबाट सुरु हुनेछ ।






















